छिपहरमाई गाउँपालिकामा इमर्जेन्सी किट, वाटर फिल्टर र सोलर लाईट वितरण। मिशन न्यूज़

राजन बानिया ,पोखरिया १२ भदौं। पर्सा जिल्लाको  छिपहरमाई गाउँपालिकाको वार्ड नं ३ जयमङ्गलापुरमा अाज एक कार्यक्रम बीच बाढी प्रभावित बस्ती का बाढी पिडित हरु लाई राहत सामग्री बितरण गरिएको छ। राहत बितरण  समाग्री मा इमर्जेन्सी किट वितरण गरिएको छ ।
समर्थ नेपालको आयोजना तथा सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा छिपहरमाई गाउँपालिका  बाढीबाट प्रभावित ४० परिवारलाई राहत सामग्री, इमर्जेन्सी किट र वाटर फिल्टर पानी सुद्धिकरण गर्ने उपकरण, समेत वितरण गरिएको हो ।
द वर्ल्ड ईज माई कन्ट्री फाउन्डेसन र द वाटर वियरर्सको सहयोगमा तैयार पारिएका प्रत्येक किटमा फ्लिस ब्ल्याङ्केट,प्राथमिक उपचार किट, महिलाहरुलाई प्रयोग गर्न बनाईएको फ्रीडम किट,,वाटर फिल्टर गर्ने उपकरण,  बाल्टिन,मग,एक  आपतकालीन ब्याग,सोलार लाईट,समेत रहेको छ ।
पिडितहरुलाई राहत वितरण गर्दै प्रमुख अतिथी तथा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारले विगतमा विभिन्न संस्थाले गाउँपालिकामा राहत वितरण गरेपनी समर्थ नेपालले उपलब्ध गराएको सामग्री अनौठो र भिन्न भएको बताउदै खुसी व्यक्त गरे । उनेले प्रदान गरिएका सम्पूर्ण सामग्री लामो समय सम्म प्रयोग गर्न मिल्ने भएकोले पिडितहरुलाई भविष्यमा समेत काम लाग्ने बताए । अध्यक्ष गुप्ताले युवाले आफ्नो समाज प्रतीको दाइत्व बुझेर यसरी नै काम गरे समाजका सम्पूर्ण कुरिती र समस्याहरुको अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्दै आबद्ध संस्थाहरुलाई यस्ता कार्यहरुलाई निरन्तर दिन आग्रह समेत गरेका थिए ।
अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकामा बाढीको समस्या पटक-पटक आउने भएकोले यस्को दीर्घकालीन उपायकालागी संघीय र प्रदेश सरकार संग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताए ।
कार्वि्कमकी रयशिष्ठ अतिथी तथा द वाटर वियरर्सकी प्रतिनिधी जेन ब्रिटोनले बाढी, हुरी जस्ता विभिन्न विपतका बेला आफुलाई शुरक्षित राख्ने प्रक्रिया ’boutमा जानकारी गराउदै वाटर फिल्टर प्रयोग गर्न प्रशिक्षण समेत प्रदान गरेकी थिईन । उनले आफ्नो संस्थाले आगामी दिनमा थप विद्यालय र उपयुक्त स्थानहरुमा यस्तै फिल्टर र सोलार लाईट जडान गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्ति गरीन ।
जेन र समर्थ नेपालकी प्रियाषा महर्जनले महिलाहरुलाई केन्द्रित गरेर बनाईएको फ्रीडम किट र पुन: प्रयोज्य सेनेटरी प्याड उपयोग र त्यसको फाईदा ’bout उपस्थित महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।
संस्कृतीका वरिष्ठ सल्लहाकार तथा समाजसेवी तबरेज अहमदले युवाहरुको पहलमा गरिएको यस्ता कार्यक्रमहरुले ’emमा समाज प्रतीको आफ्नो दाईत्व ’bout अहिले पनी चेत रहेको बताए । उनले वीभिन्न देशमा राहत र रकम संकलन गरी यहाँ पर्साका बाढी पीडितहरुका लागी ल्याईएको राहतले यहाँका जनता उत्साहित भएको बताए ।

संस्कृतीकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा समर्थ नेपालका सागर पाराजुली, सुरबी रेग्मी, छिपहरमाई गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बिनोद साह कानु, संस्कृतीका कोषाध्यक्ष विनित डालमिया, सदस्यहरु हिमांशु बरनवाल, शशिकान्त सर्राफ,जिल्ला समन्वय समिति सदस्य  सुबास साह कानु, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता,रामबहादुर साह,लगयातको उपस्थिति रहेको थियो ।

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ